Aamsanchar

‘फोटो अफ द इयर’ जित्न सफल तस्बिर

Author Image
आइतवार, वैशाख ९, २०८१

गाजा – ‘त्यो बहुत प्रभावशाली तर, दुस्खद क्षण थियो’ यो भनाइ प्यालेस्टाइननी फोटो पत्रकार मोहम्मद सलिमको हो । जसको तस्बिर वर्ल्ड प्रेस फोटो २०२४ प्रतियोगितामा ‘फोटो अफ द इयर’ छानिन सफल भएको छ । सो प्रतियोगितामा १३० देशका करिब चार हजार फोटोग्राफरले ६१ हजार तस्बिर पठाएका थिए । जसमध्येबाट फोटो अर्गनाइजेसनले सलिमले खिचेको तस्बिर छानेको हो ।

सलिमको सो तस्बिरमा एक महिलाले कफनमा लपेटेकी एक बालिकाको हात पक्रेको देखिन्छ । गत वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेको ठीक एक हप्तापछि सलिमले यो तस्बिर खिचेका थिए । सो समयमा गाजामा इजरायली हमला सुरु भइसकेको थियो । यो घटना खान युनिस भन्ने स्थानको हो । जहाँ कैयौँ प्यालेस्टाइन परिवार गाजामा इजरायली बमबारीबाट बच्नको लागि शरण लिने प्रयासमा थिए ।

युद्धको सुरुमा इजरायलको गाजाका मानिसलाई दक्षिणतर्फ जानको लागि आदेश दिइएको थियो । तथापि, अक्टोबरको मध्यमा इजरायलले खान युनिसहित दक्षिणी भागमा पनि बमबारी गरेको थियो । यस अवस्थामा सलिमले अस्पतालमा कामकै सिलसिलामा जाने क्रममा इनस अबू ममारलाई कफनमा लपेटेको एक बालिकालाई च्यापेर रोइरहेको अवस्थामा भेटे ।

कफनमा लपेटिएकी बालिका ममारकी पाँच वर्षीया भतिजी थिइन् । खान युनिसमा रहेको उनको घरमा इजरायलद्वारा बमबारी भएको थियो । यसलगत्तै उनी आफन्तको हालखबर बुझ्न स्थानीय अस्पताल पुगेकी थिइन् । सो हमलामा बालिकाकी आमा र अन्य दुई आफन्त पनि मारिएका थिए ।

त्यस क्रममा उनी अस्पतालको शव गृहमा गएकी थिइन् । जाँदा आफ्नी भतिजीको शव फेला पर्यो । उनले रोयटर्सलाई बताएअनुसार बालिकालाई जब उनले हातमा लिइन् उनी बेहोस भइन् । भतिजीलाई उनी ज्यादै माया गर्थिन् । उनको फोन ती भतिजीकै फोटोले भरिएको थियो । बालिकाको भाइ अहमद भने हमलाबाट बचेका थिए । उनको उमेर चार वर्षको थियो । आक्रमणको बेला उनी घरमा नभएकाले बचेका थिए ।

फोटोग्राफर सलिम त्यो अवस्थालाई दुःखद भन्छन् । किनभने उनकी पत्नीले केही दिनअघि मात्रै बच्चा पाएकी थिइन् । सन् १९८५ मा जन्मिएका सलिम इजरायल–प्यालेस्टाइन क्षेत्रबाट सन् २०२३ देखि रोयटर्सका लागि काम गर्दै आएका छन् । बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर