Aamsanchar

राशिफल अनुसार तपाईको आजको दिन यस्तो रहने छ ।

Author Image
बिहिवार, जेठ ३०, २०७६

२०७६ जेठ ३० गते बिहिबार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

 

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो 

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगछ ।

 

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।

 

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

 

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बबढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

 

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

 

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ ।

 

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

 

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

 

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3563

प्रतिक्रिया (०)