Aamsanchar

समाचार त सबैले गरेकै छन तर झापामा रगत संकलन गर्ने पहिलो संचारगृह बन्यो ब्लाष्ट

Author Image
शनिवार, भदौ २८, २०७६

बिर्तामोड । ब्लाष्ट टाइम्स दैनिकको २५ बर्ष प्रवेशको अवसरमा झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।

रक्तदान अघि भएको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्स प्रदेश नम्बर १ का अध्यक्ष राजेन्द्र घिमिरेले सरकारले आर्थिक समृद्धिको कुरा गरेपनि त्यसको आधार तयार गर्न नसकेको आरोप लगाए । राज्यले ब्यवसायीसँग सल्लाह नगरी केहीे बिधेयक ल्याएका कारण कार्यान्वयन हुन नसकेका बताए । एउटा कुनामा बसेर योजना बनाएकाले त्यो ब्यवसायीको हितमा हुन नसकेको बताए । उनले सञ्चारकर्मी र ब्यवसायी एक आपसमा परिपुरक भएको बताए । ब्यवसायी र सञ्चारकर्मीको सहकार्यबाट मात्र समृद्धि सम्भव हुन सक्ने उनले बताए ।

कार्यक्रमका बिषेश अतिथि अग्रज ब्यवसायी शेरबहादुर थापाले मुलुक निर्माणका लागि निर्माण ब्यवसायी र सञ्चारकर्मीले सहकार्य गर्नुपर्ने बताए । उनले ब्लाष्ट दैनिकले अरु भन्दा एक कदम अगाडि बढेर लोककल्याणकारी कार्य गर्न नेतृत्व लिएको बताए । कार्यक्रममा सञ्चार उद्यमी राजेन्द्र चम्लागाईँले ६५ औ पटक रक्तदान गरेका थिए ।

ब्लाष्ट टाइम्स दैनिकका भद्रपुर प्रमुख उत्तम नेपालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड कार्यालयका प्रमुख प्रेम आचार्यले स्वागत तथा सञ्चालन उद्धब पुरीले गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन, ट्राफिक प्रहरी प्रमुख होमप्रसाद अधिकारी, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19327

प्रतिक्रिया (०)

सम्बन्धित खबर