Aamsanchar

कृषि आधुनिकीकरणका लागि ट्याक्टर

Author Image
सोमवार, असार १२, २०७४

झापा ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन कार्यान्वयन एकाइ बनियानी झापाले कृषि सहकारीलाई ट्याक्टर प्रदान गरेको छ ।

परियोजनाअन्तर्गत छ वटा कृषि सहकारीलाई नौ थान ट्याक्टर प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेसिनरी औजारको प्रयोग गरेर कम लागतमा बढी उत्पादन गर्ने उद्देश्यले ती कृषि सहकारी संस्थालाई उक्त ट्याक्टर प्रदान गरिएको हो । कृषि सहकारी संस्थाले सहुलियत दरमा किसानलाई सेवा प्रदान गर्नेछन् ।

सुपर सञ्चालक समिति संयोजक नवराज भट्टराईका अनुसार साना किसान कृषि सहकारी संस्था पथरिया, नौलो भविष्य साना किसान कृषि सहकारी बालुबाडी र अमरावती कृषि सहकारी पथरियालाई दुई÷दुई थान, साना किसान कृषि सहकारी संस्था बालुबाडी, आइपीएम कृषि सहकारी तोपगाछी र जामुनखाडी कृषि सहकारी संस्था कनकाईलाई एक÷एक थान ट्याक्टर प्रदान गरिएको हो ।

कृषि सहकारीको ५० प्रतिशत र सरकारको ५० प्रतिशत अनुदानमा उक्त ट्याक्टर खरिद गरी वितरण गरिएको हो । धान सुपरजोनमा कृषि औजार खरिदका लागि सरकारले रु दुई करोड अनुदान उपलब्ध गराएको छ । किसानको मागका आधारमा कृषि औजार खरीदमा ५० प्रतिशत लागत सहभागिता गराई अनुदान उपलब्ध गराइने अधिकृत तिमल्सेनाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4556

प्रतिक्रिया (०)

सम्बन्धित खबर