Aamsanchar

खाना पकाउने ग्यासको मूल्य अझै घटाउन माग

Author Image
शुक्रवार, भदौ २४, २०७३

gyas

काठमाडौँ ।

अनेरास्ववियु (क्रान्तिकारी)ले आज अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग राखी नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले निगमका महाप्रबन्धक गोपाल खड्कालाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वका अवसरमा विशेष सहुलियत दिइनुपर्ने, आपूर्ति व्यवस्थालाई सहज र सरल बनाइनुपर्र्ने, खाना पकाउने ग्यासको मूल्य अझै घटाइनुपर्ने लगायत माग गरिएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

केही दिनअघि निगमले खाना पकाउने ग्यासमा रु ५० घटाएकामा क्रान्तिकारीले थप रु ५० घटाउन माग गरेको छ । ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक खड्काले अन्य विषय सरकारले गर्ने भए पनि खाना पकाउने ग्यासको भने मूल्य घटाउने प्रयास भइरहेको जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर