Aamsanchar

नेपाल–बंगलादेश बैंक र बीएण्डसी हस्पिटलबीच स्वास्थ्य सम्झौता

Author Image
शुक्रवार, साउन २७, २०७४

बिर्तामोड।

नेपाल बंगलादेश बैंक र बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उपचार छुट सम्बन्धी स्वास्थ्य सम्झौता भएको छ ।
बैंकका एटीएम कार्डका सेवाग्राहीहरुलाई बीएण्डसी हस्पिटलमा उपचार खर्चमा १० प्रतिशत छुट पाउने सम्झौता भएको हो । नेपाल बंगलादेश बैंक लिमिटेडको केन्द्रीय कार्यालयको पहलमा बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र नेपाल बंगलादेश बैंकका शाखा प्रबन्धक दिवस अधिकारीबीच उक्त सम्झौता भएको हो ।

नेपाल बंगलादेश बैंकका पूर्वाञ्चलका सबै शाखाका सेवाग्राहीहरुलाई उक्त सेवा उपलब्ध गराइएको बिर्तामोड शाखाका सहायक शाखा प्रबन्धक निराजन ढुंगानाले जानकारी दिए । नेपाल बंगलादेश बैंकमा खाता खोलेर एटीएम कार्ड लिनुपर्ने र एटीएमको समयावधि समाप्त हुनासाथ नविकरण गर्नुपर्ने उनले बताए ।

हस्पिटलमा बिरामीले औषधि उपचारपछि बिल भुक्तान गर्नु अगावै नगद काउन्टरमा नागरिकताको प्रतिलिपिसहित एटीएमको समयावधि रहेको कार्ड देखाएमा बिरामीले उपचार खर्चमा १० प्रतिशत छुट प्राप्त गर्ने ढुंगानाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)