Aamsanchar

चार दर्जन सडक अवरुद्ध

Author Image
मङ्गलवार, साउन ३१, २०७४

गुल्मी ।

विगत चार दिनदेखिको अविरल वर्षाका कारण गुल्मीमा चार दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । जिल्लाका सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्डसमेत अवरुद्ध बनेपछि जिल्लाको पूर्वीक्षेत्रको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण पहिरो जाँदासडक अवरुद्ध बनेको हो ।
लगाताररुपमा पानी परिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या भएको छ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले भन्नुभयो –‘पहिरो खस्नेक्रम जारी रहेकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउन सकिन्छ ।’

वर्षाका कारण इन्द्रेगौँडा–तम्घास, मुसिकोट रातडाँडा, तम्घास–पुर्कोटदह, रुद्रवेणी– पूर्तिघाट–बाझकटेरी–अग्लुङ्ग लगायतका दर्जनौँ सडकसमेत अवरुद्ध बनेका छन् । लगातार पानी परिरहेका कारण मानिसलाई दैनिक किनमेलका साथै खाद्यान्न ढुवानीमा समेत समस्या परेको छ । बाटोमा हिँड्दा पनि पहिराको जोखिमका कारण मानिस घरदेखि बाहिर हिँडडुल गर्न सकेका छैनन् ।

पहिरोले सोमबार गुल्मीको रेसुंगा नगरपालिका– ५ मा एउटा गोठ पुरिएको छ । गोठ पुरिँदा स्थानीय भरत पोख्रेलको एउटा लैनो भैँसीसमेत मरेको जनाएको छ । गुल्मीको बढीघाट खोलामा ठूलो बाढी आएका कारण नदी किनाराका बासिन्दासमेत त्रसित बनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर