सप्तरी । सप्तरीमा एम्बुलेन्स रिजर्भ गरेर श्रीमति भेट्न गएका एकजना पक्राउ परेका छन । बैशाख ३ गते बेलुका नक्कली बिरामी बनेर गएका राजबिराज २ का ४० बर्षिय राजेश मिश्र उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित हडियामा स्वास्थ्य चौकीमा कार्यरत श्रीमति भेट्न जादैं गर्दा सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा समातिएका छन् ।
उनी रक्सीले मातेर राम्रो बोल्न नसक्ने आवस्थामा भेटिएका थिए । श्रीमतिलाई भेट्न जान कुनै उपाय नलागे पछि उनले राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट विमारी डिस्चार्ज पेपर पनि बनाएको पाइएको छ । उनले राजबिराजस्थित बिपी बिचार समाजको स १ च ११२२ नम्बरको एम्बुलेन्स दुरुपयोग गरेका थिए । उनी पेशाले इन्जीनियर हुन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 89