Aamsanchar

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि छोडेन कोरोनाले, २४ घण्टा हुन नपाउदै लागे अस्पताल तिर

Author Image
शनिवार, असोज १७, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित बन्न पुगेका छन् । कोरोना भाइरस पोजेटिभ देखिएको २४ घन्टा नवित्दै उनि अस्पताल भर्ना भएका छन्।

ह्वाइट हाउसले उनलाई वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उपचारका लागि लगिएको जनाएको छ। ट्रम्पलाई बिहीवार नै ज्वरो देखिएको थियो। साथै उनकी पत्नी मिलानिया ट्रम्पलाई कोभिड १९ पोजेटिभ देखिएको थियो।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमा कोरोना भाइरस संक्रमणको मध्यम स्तरको संकेतहरु देखिएको जनाएको छ। ट्रम्प कोरोनाबाट आसन्न चुनावको एक महिना अघि संक्रमित भएका छन्। उनी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक प्रत्यासी जोय बिडेनसँग भिड्दैछन्।

नेपाली समयअनुसार बिहीवार र अमेरिकी समयअनुसार शुक्रवार ट्रम्प सुटसहित मास्क पहिरिएर ह्वाइट हाउसबाट निस्किएका थिए। उनी ह्वाइट हाउसको लबीबाट बाहिर निस्किएर मरिन वान हेलिकप्टर चढैका थिए। हेलिकप्टर चढ्दा उनले पत्रकारहरुलाई हात हल्लाएका थिए भने थम्स अप गरेका थिए।

ट्रम्पले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै सबैलाई धन्यवाद समेत दिएका छन्। ‘अतुलनीय सहयोगका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म वाल्टर रीड अस्पताल जाँदैछू। लाग्छ मैले सबै ठीक गरेको छु,’ उनले भनेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर