Aamsanchar

श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु, कारण बन्यो कोरोना

Author Image
बुधवार, कार्तिक ५, २०७७

विराटनगर । कोरोना संक्रमित श्रीमान्श्री मतीको करिब एकै दिन मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका– ४ का श्रीमान् -श्रीमतीको एकै दिन मृत्यु भएको हो ।

अधिकारी थरका ८५ वर्षीय श्रीमान् र ८१ वर्षीया श्रीमतीको करिब १२ घण्टाको अन्तरमा छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको हो । सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङ होममा मृत्यु भएको थियो । सोमबार बिहान श्रीमतीको मोरङ सहकारी अस्पतालमा मृत्यु भएको हो । दुई जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।

आफन्तका अनुसार ८५ वर्षीय श्रीमानलाई २८ असोजमा विराटमा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोना जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । श्रीमानलाई अस्पताल भर्ना गरेपछि ८१ वर्षीय वृद्धा महिला पनि घरमा अस्वस्थ्य बनेकी थिइन् ।

उनलाई २७ असोजमा मोरङ सहकारी अस्पतालमा भर्ना गरिएको थियो । दुवै जनाको मृत्यु भएपछि संक्रमित बसेको घरलाई सेनिटाइज गरिएको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्र मण्डलले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)