Aamsanchar

इलाम र सुनसरी घर भएका २ कोरोना संक्रमितको विराटनगरमा मृत्यु

Author Image
शनिवार, कार्तिक ८, २०७७

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार विहान सुनसरी र इलामका एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । ती पुरुषमा निमोनियाको समस्या पनि थियो । त्यस्तै इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

यसअघि शुक्रबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने संक्रमित बालिकाको मृत्यु भएको थियो । शुक्रबार नै भर्ना भएकी बालिकामा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा शुक्रबार राति करिब साढे ८ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर