Aamsanchar

आईपीएल २०२० को उपाधि मुम्बईलाई, ओरेन्ज क्याप केएल राहुल र पर्पल क्याप रबडाले जिते

Author Image
बुधवार, कार्तिक २६, २०७७

काठमाडौं। मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन पूरा गर्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६८ रन बनाउन सफल भए । त्यस्तै इसन किसनले ३३ रन बनाउँदा क्विन्टन डी ककले २० रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि अर्निच नोटरेजले दुई विकेट लिए । त्यस्तै कगिसो रबाडा र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सफल भएको थियो । दिल्लीका लागि अ‍ैयर र पन्तले अर्धशतकीय पारी खेले । ५० बल खेलेका कप्तान अ‍ैयरले ६ चौका र २ छक्काको सहयोगमा ६५ रन बनाए । त्यस्तै ३८ बल खेलेका पन्तले ४ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए ।

दिल्लीका लागि शिखर धावनले १५ रन बनाए । बलिङतर्फ मुम्बईका लागि टे«न्ट बोल्टले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नथान कोट्रेलले दुई विकेट लिँदा जयन्त यादवले एक विकेट लिए । मुम्बईले लगातार दुई सिजन आईपीएलको उपाधि जितेको छ । सन् २०१९ मा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै आईपीएलको उपाधि जितेको मुम्बईले यो सिजन दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको हो ।

यसैबिच यस सिजनको आईपीएल ओरेन्ज क्याप किङ्स इलेभेन पन्जाबका कप्तान केएल राहुलले जितेका छन् । दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान शिखर धवनलाई पछि पार्दै राहुलले ओरेन्ज क्याप जितेका हुन् । स्कोरकर्ताको शीर्ष स्थानमा रहँदै पन्जाबका कप्तान केएल राहुलले ६७० रनका साथ ओरेन्ज क्याप जितेका हुन् । उनले १४ खेल खेल्दै सर्वाधिक ६७० रन जोडेका हुन् । यसमा राहुलको एक शतक र पाँच अर्धशतक समावेश छ । उनले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १३२ रनको अविजित शतकीय पारी खेलेका थिए । यस सिजनको आईपीएलमा राहुलले ५८ चौका र २३ छक्का प्रहार गरेका थिए ।

राहुललाई पछ्याएका दिल्ली क्यापिटल्सका धवन ६१८ रन जोड्दै शीर्ष स्कोरकर्ताको दोस्रो स्थानमा रहे । उनले १७ खेलमा दुई शतक र चार अर्धशतकको मद्दतमा ६२३ रन जोडेका हुन् ।

यसैबिच १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पर्पल क्याप दिल्ली क्यापिटल्सका कगिसो रबडाले जितेका छन् । आईपीएलको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले यो सिजन आईपीएलको पर्पल क्याप जित्न सफल भएका हुन्।

रबडाले मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहलाई पछि पार्दै पर्पल क्याप जित्न सफल भएका हुन् । सिजनमा सर्वाधिक विकेट लिने खेलाडीले पाउने पर्पल क्याप अवार्डका लागि रबाडाले सर्वाधिक ३० विकेट लिए । उनले १७ खेल खेल्दै ५४८ रन खर्चेर ३० विकेट लिएका हुन् । दक्षिण अफ्रिकी बलर रबाडाले आइतबार आईपीएलको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादविरुद्ध २९ रन खर्चेर ४ विकेट लिँदै बुमराहलाई पछि पारेका थिए । यता दोस्रो स्थानमा रहेका बुमराहले २७ विकेटसहित दोस्रो स्थानमा छन् । उनले १५ खेलमा ४०४ रन खर्चदै २७ विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर