Aamsanchar

२४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु,१ हजार ६७४ संक्रमित थपिए

Author Image
शनिवार, मंसिर ६, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ । सोही अवधीमा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा २ हजार ३२३ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । हालसम्म संक्रमित मध्ये १ लाख ९३ हजार ३२५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर