Aamsanchar

मोरङमा १६ जना जुवाडे पक्राउ, जुवाखाल परिसरबाट १९ मोटर साईकल, २ वटा कार प्रहरी द्वारा नियन्त्रण

Author Image
शनिवार, मंसिर ६, २०७७

मोरङ । मोरङबाट जुवा खेल्ने १६ जना पक्राउ परेका छन् । शुक्रवार राती साँढे ११ बजे रतुवामाई ८ मा तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका हुन् । शुक्रवार स्थानीय सागर बर्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद एक लाख उन्सत्तरी हजार सहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट १६ थान कौडा, एक बुङ तास, १६ थान मोबायल, १९ वटा मोटरसाईकल र २ वटा कार समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका-८ का ४४ बर्षीय सन्त ब।राई, ३५ बर्षीय सागर गडतौला, ४५ बर्षीय दिपक ढुङगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका-७ का २२ बर्षीय गणेश श्रेष्ठ रहेका छन् । पक्राउ परेका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर