Aamsanchar

बन्दुक कारोबारी मण्डल पक्राउ

Author Image
शनिवार, मंसिर २०, २०७७

मोरङ । प्रदेश १ मोरङको सुनवर्षी नगरपालिका–५ बाट प्रहरीले हतियारको कारोबार गर्ने एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ । स्थानीय ४१ वर्षीय राजकुमार मण्डललाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको हो । सुनवर्षीको झुँगी चोकबाट उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ ।

भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘भागलपुरतिरबाट लुकाईछिपाई हतियार नेपाल ल्याउने गरेको पाइयो,’ उनले भने, ‘नेपाल भित्राएपछि विभिन्न अपराधमा संलग्न व्यक्ति र समूहलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ तर नेपालमा उनीबाट हतियार किन्नेको भने अझैसम्म पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर