Aamsanchar
Adv top
Adv below_nav

मोरङको झरना खोलामा डुबिरहेको अवस्थामा शव फेला


मोरङ- मोरङको ग्रामथान गाउँपालिका-७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका-११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । आज दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको हो । मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।