Aamsanchar

सवारी दुर्घटना २ जनाको मृत्यु

Author Image
आइतवार, माघ ४, २०७७

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बसेका कानेपोखरी गाउँपालिका–१ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको छ ।

चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४९७१ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका याख्खाको बिराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा राती सवाँ १२ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै गएराती सवाँ ७ बजेको समयमा सुनसरीको ईटहरी उप–महानगरपालिका–२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशातर्फ जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक धरान १० का ३० बर्षीय बिक्रम चेम्जोङको मृत्यु भएको हो । उनको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका सवाँ ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)