Aamsanchar

संसद विघटनविरुद्धको मुद्दामा बहस गर्न कानुन व्यवसायीहरुलाई आधा घण्टाको समय तोकियो

Author Image
बुधवार, माघ ७, २०७७

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। आजदेखि विघटनविरुद्धको मुद्दामा बहस गर्न कानुन व्यवसायीहरुलाई आधा घण्टाभित्रै सक्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले रुलिङ गरेका छन्।

अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं।’ बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ। यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे। रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेका छन्। एउटै वकिलले ५ घण्टा लामो बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर