Aamsanchar

बाघको छाला ओसार–पसार र मोटरसाईकल चोरीमा संलग्न गरि चार जना दाङ प्रहरी द्वारा पक्राउ

Author Image
बुधवार, फागुन १२, २०७७

दाङ । दाङको तुलसीपुर–४ गोठी खोलाबाट संरक्षित वन्यजन्तु बाघको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वन्यजन्तु चोरी सिकारीमा संलग्न सल्यान बागचौर नगरपालिका वडा नंम्वर ९ का सन्दिप डाँगी र शारदा नगरपालिका वडा नंम्वर १५ का ईन्द्रबहादुर थापा विकलाई बुधबार दाङ प्रहरीले सार्वजनिक गरेको हो ।
पाटे बाघको छाला अबैध रुपमा ओसारपोसार गरी विक्री वितरण भई रहेको भन्ने गोप्य सुचनाका अधारमा खटिएको सादा पोसाकको प्रहरीले उनिहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजाले जानकारी दिएका छन् ।

उनिहरुको साथबाट पुच्छरको भागदेखी टाउको सम्मको लम्बाई ४ फिट ५ ईन्च, घाटीको चौडाई १ फिट, अगाडिको दुबै खुट्टा फट्टाएर नाप्दा ४ फिट २ ईन्च लम्बाई, पछाडिको खुट्टालाई फट्टाएर नाप्दा ३ फिट ३ ईन्च लम्वाई, पेटको भागको चौडाई १ फिट ११ ईन्च रहेको बाघको छाला १ थान बरामद गरिएको प्रवक्ता रिजाले बताए ।

उनिहरुको साथबाट सामसुम, लाभा र भिभोको १-१ वटा गरी ३ वटा मोबाईल र रा.४ प.८८४७ नंम्वरको कालोरातो रंगको पल्सर मोटरसाईकल १ थान बरामत गरिएको प्रहरीले जनाएको छ ।
बाघको छालासहित पक्राउ परेका हरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाउने तयारी भईरहको जिल्ला प्रहरी दाङले जनाएको छ ।

त्यसैगरी मोटरसाइकल चोरी गर्ने २ जनालाई पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले मंगलबार दिउसो २ बजे घोराहीको नयाँ वसपार्कबाट उनिहरुलाई पक्राउ गरेको छ ।

मोटरसाईल चोरीमा संलग्न गढवा गाउँपालिका वडा नंम्वर ६ का १९ वर्षीय असिम खान र सोही ठाउँका बरुन कुमाल रहेका छन् उनिहरुलाई पनि आजै सार्वजनिक गरिएको छ ।
कपिलबस्तुका शिवराज नगरपालिका वडा नंम्वर ३ का ३० वर्षीय विक्रम केसीको लु १८ प ९५०४ नंम्वरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल र दाङको गढवा गाउँपालिका वडा नंम्वर २ का गिरीराज भुषालको बा ८३ प ७६७५ नंम्वरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको थियो ।

केसी र भुषालले जिल्ला प्रहरी कार्यालय दाङमा दिएको निवेदनका अधारमा मोटरसाईकल चोरीमा संलग्न खान र कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भैरहेको दाङ प्रहरी प्रमुख चंन्दको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर