Aamsanchar

डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

Author Image
शुक्रवार, फागुन १४, २०७७

प्रतिकात्मक तस्वीर

डोटी । डोटीमा जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु भएको छ। आगो निभाउने क्रममा जलेर घाइते भएका शिखर नगरपालिका(७ बयरकोटका ६५ वर्षीय लक्षुवा भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार बेलुका घाइते भएका भुललाई उपचारको लागि सुजङ्ग अस्पताल राजपुरमा लगिएको थियो।

उपचारकै क्रममा रातीनै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। स्थानीय र प्रहरीको सहयोगमा उनलाई उद्धार गरिएको थियो। भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा समेत जलेको अवस्थामा थियो।

मृतक भुललाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरीले जनाएको छ। गर्मी बढेसँगै यहाँका बिभिन्न जंगलहरुमा आगलागि समेत बढेको पाइन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर