Aamsanchar
Adv top
Adv below_nav

प्रदेश १ स्तरिय प्रथम भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीको विजय सुरुवात


दुधे । झापाको दुधेमा आईतबारदेखि जारी १ नम्बर प्रदेश स्तरिय प्रथम कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीले विजय सुरुवात गरेको छ ।

ट्राईब्रेकरमा आयोजक दूधे भेट्रान (रातो) लाई ४–३ गोल अन्तरले पाखा लगाउँदै चन्द्रगढी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि निर्णयका लागि रेफ्री भाग्य लिम्बूले आयोजकको सहयोगमा टाइब्रेकर गराएका थिए। चन्द्रगढी सिभिसीले ट्राईब्रेकरमा ४ गोल गर्यो । आयोजकले तीन गोल मात्र गर्न सफल भयो । विजेता टिमका सुरज गुरुङ, ख्याम पोखरेल, उत्तमकुमार राई र अजय ओरानले गोल गरे ।

तारा कटुवालको गोल आकासिएको थियो । यता आयोजकका पेमा स्यम्बा तामाङ, भगवतीप्रसाद सदेम्बा र शैलेन्द्र चापागाईले मात्र गोल गरे । दीपककुमार राईको सुट बाहिरिएको थियो भने सन्तोष थोप्राको प्रहार चन्द्रगढीका गोल किप्पर रुपक गुरुङले सजिलै क्याच गरेका थिए । खेलको म्यान अफ द म्याचपनि विजयी टिमका गोलकिपर रुपक गुरुङ घोषित भए । दुधे स्थित क्षेत्रीय रंगशालामा (आईतबार)आज देखि शुरु प्रतियोगिता चैत्र २८ गतेसम्म हुनेछ ।

प्रतियोगितामा १० टिमले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ । झापा बाहिरका सुनसरीको धरान फुटवल क्लब र इटहरी भेट्रानले सहभागिता जनाउने छ । यस्तै मोरङको बिराटनगर भेट्रान र एभरेष्ट भेट्रानपनि प्रतियोगितामा सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष सन्तोष नेम्वाङले बताए । यता, झापाका दमक–लखनपुर भेट्रान, बिर्तामोड, आयोजक दुधेको रातो र निलो, सुरुङा र भद्रपुरले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

उद्घाटन खेलमा आयोजक रातो बाहिरिएको छ । प्रतियोगिताको च्याम्पियनले ५५ हजार रुपैयाँ र उपबिजेताले ३१ हजार रुपैयाँ नगदै पुरस्कार पाउने छन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्टले ३ हजार र मेन अफ दि म्याचका विजेताले १ हजार ५ सय पाउँने आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च हुने अनुमान गरिएको छ । शनिबारको खेल दुईवटा हुनेछन् ।

पहिलो खेल बिर्तामोड भेट्रान र दमक बीच दिउँसो १ः३० बजे हुनेछ । यस्तै दोस्रो खेल झापाको सुरुंगा भेट्रान र मोरङको बिराटनगर भेट्रान बीच हुने आयोजक समितिका अध्यक्ष सन्तोष नेम्बाङले बताएका छन् ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर