Aamsanchar

ला लिगा फुटबलमा बार्सिलोनाद्वारा भालाडोलिड पराजित

Author Image
मङ्गलवार, चैत २४, २०७७

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराएको हो। बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे । उनले खेलको ९० औँ मिनेटमा अरौजोको पासलाई सदुपयोग गर्दै गोल गरे । भालाडोलिडका प्लानोले ७९ औँ मिनेटमा रातो कार्ड खाएर मैदान छाडेपछि १० खेलाडीमा सिमित भएको थियो।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एथ्लेटिकोमाथि दबाब बढाएको छ। २९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ। यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ। भालाडोलिड भने २७ अंकसहित १६ औँ स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर