Aamsanchar

एएफसी कप २०२१ अन्तर्गत प्रिलिमिनारी राउण्डमा त्रिभुवन आर्मी र श्रीलंका पुलिस खेल्दै

Author Image
बुधवार, चैत २५, २०७७

काठमाडौं – एएफसी कप २०२१ अन्तर्गत प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ । एएफसी कपको दक्षिण एसियाली समूहमा स्थान बनाउनका लागि यो पहिलो खुड्किलो समेत हो । यससहित तीन खेल जित्ने टिमले समूह डी मा स्थान बनाउनेछ ।

घरेलु टोली आर्मीले लगातार प्रशिक्षण गरिरहेको छ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले आफूहरुको तयारी राम्रो रहेको र खेलका लागि तयार रहेको बताएका छन् । गत सिजनको ए डिभिजन लिगमा दोस्रो भएपनि एएफसी क्लब लाइनसेन्स पाउने पहिलो क्लब बनेको आर्मीले यस प्रतियोगितामा अवसर पाएको हो । प्रशिक्षक न्यौपानेले श्रीलंका पुलिसविरुद्ध जितको विकल्प नरहेको बताए । ‘हामीलाई जितको विकल्प छैन । हामी जितका लागि खेल्छौं । हाम्रो टिम सेट पनि छ । फिजिकल्ली र मेन्टल्ली पनि हामी तयार छौँ ।’

यस्तै कप्तान भरत खवासले पनि टिम तयार रहेको बताए । ‘हाम्रो तयारी राम्रो छ । हामी सधैँ यही टिम खेल्ने हो । बीचमा कोरोनाले प्रशिक्षण गर्न नपाएपनी तयारी राम्रो छ,’ खवासले भने, ‘हाम्रो लागि यो अन्तर्राष्ट्रिय प्ल्याटफर्म हो । यो हाम्रा लागि अवसर र चुनौती पनि हो । हामीले यसलाई अवसरका रुपमा लिएको छु ।’ उता श्रीलंकाका प्रशिक्षक झिलाउ अल्पेन्सुले नेपालमा खेल्दा मुख्य गरी चार चुनौती रहेको बताएका छन्। ।

‘हामीलाई विशेष गरी चार चुनौती छ । वरीयतामा दक्षिण एसियामा श्रीलंकाभन्दा नेपाल अघि छ । नेपाल तेस्रो र श्रीलंका सातौं स्थानमा छ । हुनत यो क्लब गेम हो । यो पहिलो चुनौती हो । यस्तै दोस्रो मौसमको चुनौती छ । श्रीलंका र यहाँको मौसम फरक छ,’ अलपेन्सुले भने, ‘तेस्रो हामीसँग कुनै राष्ट्रिय टिमका खेलाडी छैनन् । र चौथो नेपाललाई दर्शकको राम्रो साथ हुनेछ ।’

उनले कोभिड(१९ को कारण क्बले लामो समय प्रशिक्षण गर्न नपाएपनि खेलका लागि भने तयार रहेको बताए । ‘कोभिड(१९ का कारण लामो समय प्रशिक्षण गर्न पाएनौं,’ उने भने, ‘छिल्लो दुई महिना र एक हप्ता हामीले यस तयारी गरेका छौँ ।’ श्रीलंका पुलिसमा राष्ट्रिय खेलाडी नभए पनि तीन विदेशी खेलाडी छन् । तीनैजना घानाका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर