Aamsanchar

पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज निर्वाचित

Author Image
बिहिवार, चैत २६, २०७७

बिर्तामोड- नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाबाटबाट १ सय ५५ मत प्राप्त गरी उनी विजयी भएका हुन् ।प्रेस युनियनसहितको प्यानलबाट उम्मेद्वारी दिएका गिरीले १५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ओली पक्षीय प्रेस चौतारीका विशाल नेम्बाङले ७४ मत ल्याएका छन् भने अध्यक्ष पदका अर्का प्रत्यासी नेपाल पक्षीय पे्रस चौतारीका तीर्थ सिग्देलले २६ मत ल्याएका छन् । त्यस्तै अन्य पदहरुमा पनि पे्रस युनियनसहितको प्यानलले नै विजयी हासिल गरेको छ । खुल्ला उपाध्यक्षमा केशव भट्टराई १३१ मतसहित विजयी बने । उनका प्रत्यासीहरु गोपाल झापालीले ९६ र हिमाल खरेलले २६ मत हासिल गरे । त्यस्तै महिला उपाध्यक्षमा सुशिला संग्रौलाले १४० मत ल्याएर विजयी हासिल गरिन् । उनका प्रतिद्वन्द्वी सावित्रा दाहालले १०७ मत प्राप्त गरिन् ।

त्यसैगरी सचिव पदमा १२८ मतसहित डिकेश लामा विजयी बने । उनका प्रत्यासीहरु सुबत न्यौपानेले ९९ र प्रेम आचार्यले २५ मत ल्याए । त्यस्तै खुल्ला सहसचिवमा राजु पाठक विजयी भएका छन् । उनले १५५ मत ल्याउँदा उनका प्रतिष्पर्धी विनोद सापकोटाले ९२ मत ल्याए । त्यस्तै समावेशी सहसचिवमा अर्जुन राजवंशी १७२ मतसहित विजयी बन्दा उनका प्रतिष्पर्धी देशराज नेम्बाङले मात्र ७३ मत ल्याउन सके । त्यसैगरी कोषाध्यक्षमा रंजित प्रसाई १३३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रमेश तिवारीले ११५ मत ल्याएका छन् ।

सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलबाट चिरञ्जिवी घिमिरे, मनिषा चम्लागाईं, शुष्मा राजवंशी, होमप्रसाद अधिकारी, विनोद पाण्डे, द्रोण अधिकारी र रञ्जित परियार निर्वाचित भएका छन्, भने नेम्माङको प्यानलबाट राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले, र सुनिरा मैनाली निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)