Aamsanchar

सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गर्ने कोपीराज पक्राउ

Author Image
बिहिवार, वैशाख ९, २०७८

सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–३ सिमरा बस्दै आएका कोपीराज सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए ।

काठमाडौँको विशेष अदालत बबरमहलले ०७४ साल माघ २ गते सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दामा ३ महिना कैद सजाय तोकेको थियो । जिल्ला अदालत बर्दियाको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर