Aamsanchar

धनगढीको अमित ड्रग्सको कालो कर्तुत, अक्सिजन लुकाएर कालोबजारी गर्दा प्रशासनद्वारा छापा, महोत्तरीबाट तीन जना पक्राउ

Author Image
बुधवार, वैशाख २२, २०७८

कैलाली ।  कोरोना भाइरसको महामारीसँगै अक्सिजनको खपत बढ्न थालेपछि कालोबजारी बढेको छ। बजारमा अक्सिजनको अभाव रहेको मौका छोपी केही व्यवसायीले कालोबजारी गरेर महँगो मूल्यमा बिक्री गर्न थालेका हुन्।

कैलालीमा जिल्ला प्रशासन कार्यालयले धनगढीस्थित अमित ड्रग्स हाउसमा छापा मारेर ६५० सिलिन्डर जफत गरेको छ। बजारमा अक्सिजन तथा सिलिण्डरको चरम अभाव सिर्जना भएको बेला अमित ड्रग्स हाउसले लुकाइएको पाइएको थियो।

अक्सिजन सिलिन्डर तस्कर गरी लैजाँदै गरेको आरोपमा महोत्तरीको सिमावर्ती क्षेत्रबाट तीन जना पक्राउ परेका छन् । धनुषा हुँदै महोत्तरीबाट भारततर्फ अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ का ३६ वर्षीय जमरुदिन राईन, जनकपुरधाम २ का ५० बर्षीय दिनेशकुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ का विपिन चौधरी लाई प्रहरीले पक्राउ गरेको हो ।

यसैबीच, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरुपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको छ। गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरुपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिए। श्रोत : नेपालवाच

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर