Aamsanchar

टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, अर्का एक गम्भीर घाइते

Author Image
बुधवार, जेठ ५, २०७८

काभ्रे : स्वास्थ चौकीका लागि ढुंगा लिएर जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बुधबार (आज) काभ्रेको चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीमा दुर्घटना हुँदा टिपर चालक रामेछाप सुनापती गाउँपालिका–१ (साबिक ढोडिनी) का १९ वर्षीय विनोद शिबभक्तीको मृत्यु भएको ​चौरीदेउराली गाउँपालकाका अध्यक्ष दिननाथ गौतम ‘प्रयास’ले जनाकारी दिए। 

दुर्घटनामा चालकको मृत्यु र रामेछाप सुनापति गापाकै ४५ वर्षीय रामबहादुर बम्जन गम्भीर घाइते भएका उनले जनाकारी दिए। गम्भीर घाइते बम्जनलाई उपचारका लागि जिल्ला अस्पताल पठाएको उनले बताए।

बा५ख १५२४ नम्बरको टिपर स्वास्थ्य चौकीको लागि ढुंगा लिएर जाँदै गर्दा उकालो बाटोमा ब्याक भएर सडकबाट खसेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर