Aamsanchar

अख्तियार र जिल्ला प्रशासनको निर्देशन मान्दा कटारी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कर्मचारीको घर तोडफोड

Author Image
बुधवार, जेठ ५, २०७८

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले तोडफोड गरेका छन् । कटारी नगरपालिका–४ जहडीस्थित सार्वजनीक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएपछि स्थानीयले बुधबार दिउँसो प्रमुख श्रेष्ठ, उपप्रमुख राउत र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारको घर तोडफोड गरेका हुन् ।

सयौंको संख्यामा आएका स्थानीयले उपप्रमुख राउत, वडाध्यक्ष दनुवार र नगरपालिकाका सूचना अधिकारी ओम मिश्रको घर तोतफोड गरेपछि प्रमुख श्रेष्ठको घर तोडफोड गरेका थिए । नगरप्रमुख श्रेष्ठको घर तोडपफोड गर्दै आगजनी गर्न खोजेपछि प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । आगजनीको प्रयासपछि स्थिती नियन्त्रण लिन अश्रुग्यास प्रहार गर्नु परेको इलाक प्रहरी कार्यलाय कटारीले जनाएको छ ।प्रहरीका अनुसार स्थानीयको तोडफोडका कारण चारै जनाको घर पूर्णरुपमा क्षति पुगेको छ ।

आक्रोसित स्थानीयले इलाका प्रशासन कार्यलाय रहेको वडाध्यक्ष दनुवारको घर समेत तोडफोड गर्दै कार्यालयमा समेत असर परेको छ ।कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाको मौका छोपेर जहडीमा रातारात घर बनाएपछि त्यसलाई रोक्न नगरपालिको स्थानीय सन्तबहादर सुनुवार लगायतको घर भत्काएको सूचना अधिकारी मिश्रले बताउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय उदयपुरले जहडीको जग्गा संरक्षण गर्न भनी निर्देशन दिएको र नगर कार्यपालिकाले समेत संरक्षण गर्ने निर्णय गरेको मिश्रले बताउनु भएको छ ।अख्तियार, जिल्ला प्रसाशन र कार्यपालिकाले समेत संरक्षण गर्नु भनिएको जग्गामा कोरोना संक्रमणको मौका छोपी रातारात घर बनाएपछि रोक्नका लागि सन्तबहादुर लगायत ४–५ वटा घर भत्काइएको नगरपालिकाले जनाएको छ । श्रोत : जन्ताभ्वाईस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)