Aamsanchar

खोटाङमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु २ जना घाईते

Author Image
बिहिवार, जेठ ६, २०७८

प्रतिकात्मक तस्वीर गुगलबाट ।

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १.०२.००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी–४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरीकार्यालयले जनाएको छ।

उक्त दुर्घटनामा परी ट्याक्टरका चालक र सह(चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर