Aamsanchar

मेचीनगरमा लागु औषध खरिद बिक्री गर्ने दुईजना पक्राउ

Author Image
शुक्रवार, जेठ ७, २०७८

झापा । झापाको मेचीनगरबाट प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।

शुक्रबार मेचीनगर–६ स्थित बद्री टोलबाट स्थानिय रवी दनुवारको छोरा सुमन दनुवार र झापा दमक–५ का रोशन राईकी छोरी समिता राई पक्राउ परेका हुन् ।

बद्री टोलवासी स्थानियहरुले लागू औषध खरिद विक्री गर्ने काम भईरहेको भन्ने सुचना दिए लगत्तै  सिमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले दनुवार र राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले आमसंचारलाई बताए ।

बर्ष २६ का सुमन दनुवारले २१ बर्षकी राईलाई लागू औषध ब्राउन सुगर विक्रि बितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । उनिहरुको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ५ ग्राम बरामद भएको प्रवक्ता थापाले जानकारी दिएका छन् ।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर