Aamsanchar

जुनसुकै पोशाकमा पनि शपथ लिन सकिने, हटाइयो ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश

Author Image
शुक्रवार, जेठ ७, २०७८

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको शपथ सम्बन्धी अध्यादेशमा जुनसुकै पोशाकमा पनि शपथ लिन सकिने व्यवस्था गरिएको छ । औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरिउको भए पनि आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर पनि सपथ लिन सकिने अध्यादेशमा व्यवस्था गरिएको छ ।

शपथको व्यहोरामा ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश हटाइएको छ । जुन यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथको बेला ‘त्यो पर्दैन’ भनेपछि विवादमा तानिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर