Aamsanchar

रुखले किचेर छिन्ताङका राईको मृत्यु

Author Image
बुधवार, जेठ १२, २०७८

धनकुटा- सहिदभुमी गाऊँपालिका ३ छिन्ताङका ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमानै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले आबश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर