Aamsanchar

पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्षको मृत्यु

Author Image
बिहिवार, जेठ १३, २०७८

ताप्लेजुङ — कोरोना संक्रमणबाट पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको मृत्यु भएको छ । ३९ वर्षीय उनको झापाको बी एन्ड सी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

वैशाख तेस्रो साता संक्रमण भएपछि होम आइसोलेसनमा रहेका उनको अवस्था कमजोर भएपछि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । अस्पतालले रेफर गरेपछि बिर्तामोड पुर्‍याइएका उनको अस्पतालमै मृत्यु भएको ढकालले जानकारी दिए । उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर