Aamsanchar

नवनियुक्त उपप्रधान मन्त्री राजेन्द्र महतो पुत्ला दहन

Author Image
शनिवार, जेठ २२, २०७८

काठमाडौं : नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो पुत्ला दहन गरिएको छ। नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेको हो। महतोले मन्त्री नियुक्त हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरिएको हो। उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए। पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएको थियो।

पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर