Aamsanchar

प्रेस क्लब हल्दिबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Author Image
शनिवार, जेठ २२, २०७८

कोरोनाको जोखिम संगै  झापामा रगतको अभाव हुन थालेपछि प्रेस क्लब हल्दिबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रक्तदान कार्यक्रममा झापा क्षेत्र  नम्बर ३ का पुर्व सांसद राजेन्द्र लिङ्गदेन सहित ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।

हल्दिवारी  गाउँपालिका ४ स्थित मंगलबारे बजारमा रहेको क्लबको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई सफल पार्न युवा व्यवसायी सुमन मैनाली ,कुमार कार्की र मेची पोल्ट्री प्रालिबाट   रक्तदाता लाई आवश्यक फलफूल ,पेयपदार्थ ,पानी , अण्डा सहयोग प्राप्त भएको थियोे ।

रेडक्रस झापाको प्राविधिक सहयोगमा रगतको अभावमा कसैको ज्यान जान नपरोस भनेर  कोभिडको समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउदै   कार्यक्रम आयोजना गरेको  हो ।

हल्दिवारी  प्रेस  क्लवको  यो पहिलो  रक्तदान कार्यक्रम सफल बनाईदिनु हुने रक्तदाता तथा अन्य सवै सहयोगीहरूलाई  अध्यक्ष नेत्रविक्रम विमलीले धन्यवाद दिँदै आगामी दिनहरुमा पनि क्लव सामाजिक कार्यमा सक्रिय रहने जानकारी गराउनुभएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)