Aamsanchar

इलाममा जंगली च्याउ खाँदा ४ जना बिरामी, २ को अवस्था गम्भीर

Author Image
सोमवार, जेठ २४, २०७८

इलाम – विषालु जंगली च्याउ खाँदा इलाममा चारजना बिरामी भएका छन्। सन्दकपुर गाउँपालिका–१ खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी बिरामी भएका हुन्।

जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउँ वीरमानको घरमा पकाएर खाएका थिए। जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

चारजनामध्ये जितबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेका अस्पतालले जनाएको छ। उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर