Aamsanchar

पार्टी एकताका लागि ओलीले गरेको आह्वान सकारात्मक – नेता योगेश भट्टराई

Author Image
सोमवार, जेठ २४, २०७८

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसले कार्यदल स्तरको छलफललाई निरन्तरता दिने बाटो खोलेको उनले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि ६बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ अघि फर्काउन तयार भएका उनले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका छन् । यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै भट्टराईले अध्यक्ष ओलीको आह्वान सकारात्मक भएको बताएका छन् । ‘कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुनस् निरन्तरता दिन बाटो खुलेको छ’ उनले भनेका छन्, ‘पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयहरुलाई समाधान गर्नेछ ।’

उनले अघि भनेका छन्, सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।’ यद्यपि अध्यक्षको वक्तव्यले पार्टीका शीर्ष नेतृत्वबीच सम्वाद हुने र एकताको एकता कायम राख्न मद्दत पुग्ने अपक्षा गरेको माधव नेपाल समूहमा रहेका नेता भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर