Aamsanchar

कालिकोटमा राष्ट्रिय प्रसारणको विजुली

Author Image
मङ्गलवार, जेठ २५, २०७८

सुर्खेत । कालिकोटमा राष्ट्रिय प्रशारण लाइन जोडिएको छ । सोमबार राती विद्यूत सेवा नियमित भएपछि स्थानीय खुशी भएका छन् । तत्कालिन उर्जा मन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाइन जोड्ने निर्णय गरेका थिए ।

दैलेखको दुल्लुबाट कालिकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालिकोट वितरण केन्द्रका प्रमुख मेखराज जैशीले बताए । कालिकोटदेखि जुम्लाका लागि राष्ट्रिय प्रशारण लाइन जोड्ने काम भइरहेको छ । कालिकोटमा विद्यूत पुगेपछि व्यापारी, उद्योगी र स्थानीय खुशी देखिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर