Aamsanchar

देशभर आंशिकदेखि सामान्य बदली, पानी पर्नेछ यी प्रदेशमा

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाडौं – आज देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ। यस्तै, केही प्रदेशहरुमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली रहने महाशाखाले बताएको छ। बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)