Aamsanchar

नदीले बगाएर मलामी गएका ३ युवा बेपत्ता

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाडौं – धादिङको मैदीमा नदीले बगाएर तीन जना युवा बेपत्ता भएका छन्। मंगलबार मलामी गएका ती युवा गर्मी भयो भनी बूढीगण्डकीमा नुहाउन पस्दा नदीले बगाएर बेपत्ता भएको धादिङ प्रहरीले जनाएको छ। चार जनालाई बगाएकोमा एक जना नदी बाहिर आउन सफल भएका छन्। बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ मैदी, ठूलो चौरका अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन्। बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको धादिङ प्रहरी प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए।

स्थानीय एक बृद्धको मृत्यु भएपछि जोगेटार नजिकैको घाटमा सदगत गर्न उनीहरू मलामी गएका थिए। शव नजलाउँदै उनीहरू नदीमा नुहाउन खोजेपछि अन्य मलामीले रोक्ने प्रयास पनि गरेका थिए। शवको सदगत नगर्दै दुस्खद् घटना भएपछि मलामीहरू शव जलाएर घर फिर्ता भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर