Aamsanchar

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै

Author Image
बिहिवार, जेठ २७, २०७८

काठमाडौं : आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन्।

जेठ महिनाको आमावश्यामा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो। नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण नेपालको कुनैपनि हिस्साबाट नदेखिने समितिको भनाइ छ।

सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयको लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर