Aamsanchar

भान्टाबारीबाट लागुऔषधसहित एक जना पक्राउ

Author Image
बिहिवार, जेठ २७, २०७८

सुनसरी- सुनसरीको कोशी गाँउपालिका-८ भान्टाबारीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन ।
उनलाइ बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनि उपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर