Aamsanchar

बँदेललाई थापेको विद्युतीय धरापमा परेर १ जनाको मृत्यु

Author Image
बिहिवार, जेठ २७, २०७८

उदयपुर – जंगली बँदेललाई थापेको विद्युतीय धरापमा पर्दा उदयपुरका एकजनाको ज्यान गएको छ । जंगली बँदेलले खेतबारीको मकै धमाधम नष्ट गर्न थालेपछि बँदेल तर्साउन थापेको विद्युतीय धरापमा परी बिहीबार त्रियुगा नगरपालिका ९ राजाबासका ५४ वर्षीय जगदिश पोखरेलको ज्यान गएको हो ।

बुधबार राति आफ्नै मकैबारीमा विच्छ्याएको विद्युतीय धराप बिहान निकाल्न जाँदा करेन्ट लागि घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । मृतकको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइ घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर