Aamsanchar

सुनसरीमा खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

Author Image
बिहिवार, जेठ २७, २०७८

सुनसरी। सुनसरीको कोशी गाँउपालिका–८ भान्टाबारी स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन । उनलाइ बिशेष सुराकिको आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । कबिरथ उपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर