Aamsanchar

करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान् श्रीमतीको मृत्यु

Author Image
शनिवार, जेठ २९, २०७८

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा भाडामा बस्तै आएका २६ बर्षीय हेमसेर राई र उनकी श्रीमती २३ बर्षीया सर्मिला राई रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जनाकारी दिए ।

आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अबस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहराबाट गएको प्रहरी टोलीले सवको सनाखत गरेको थियो ।

घटनास्थलमा उनिहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो । उनिहरुले गत राती के कुन समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनिहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर