Aamsanchar

भूमि सह-सभापतिमा मनाेनयन

Author Image
शनिवार, असार १२, २०७८

काँकडभिट्टा-मेची उद्योग वाणिज्य संघ मेचीनगर कार्य समिति सदस्य भूमि पौडेल नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ को विषयगत समिति सदस्यमा मनोनयन हुनुभएको छ । चैत १८ को निर्णय अनुसार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ को विषयगत समिति घरेलु तथा साना उद्योग समितिको सह-सभापतिमा मनोनयन गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेको मनोनयन पत्रको बोधार्थ घरेलु तथा साना उद्योग समिति ,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरकासभापति प्रितम खड्गीलाई दिईएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ ले प्रदेशको आर्थिक गतिविधिलाई सक्रिय बनाउन,सवै व्यवसायीहरूको हक,हित र अधिकारका साथै संघीय, प्रदेश र स्थानी सरकार तथा सरोकारवालाहरूसँग समन्वय गरि काम गर्न विषयगत समिति गठन गरिएको अध्यक्ष ढकालले बताउनुभयो । महासंघले पौडेलको मनोनयनले प्रदेश उद्योग वाणिज्य महासंघलाई सशक्त बनाउन राय सुझाव र सल्लाह महत्वपुर्ण हुने र गतिविधहरू क्रियाशिल बनाउने कार्यमा पुर्ण सहयोग प्राप्त गर्ने विश्वास लिएको अध्यक्ष ढकालको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर