Aamsanchar

प्रधानमन्त्री देउवा भोलि सरकारी निवास सर्ने

Author Image
बिहिवार, असार ३१, २०७८

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार सरकारी निवास बालुवाटार सर्नु हुने भएको छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उहाँ भोलि मात्रै सरकारी निवासमा सर्ने उहाँको सचिवालयले जनाएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बुधवार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानीलकण्ठबाट बालुवाटार सर्न लाग्नु भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमवार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । प्रधानमन्त्री देउवा आज पनि छलफल र भेटघाटमा व्यस्त हुनुहुन्छ ।

एमाले नेता माधवकुमार नेपाल पक्षको सहयोग नपाए देउवा नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाउने जोखिम छ । हिजो उहाँले नेता नेपाललाई आफूलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर