Aamsanchar

भान्जाको कुुटपिटबाट मामाको मृत्युु

Author Image
बिहिवार, असार ३१, २०७८

धनगढी- कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताए । बुधबार राति लुहारकै भान्जा २२ वर्षीय गिरधारी लुुहारले वीररामलाई कुटपिटगरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको विवाद थियो भन्ने कुरा खुल्न सकेको छैन । कुटपटमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर