Aamsanchar

झापामा एक महिला मृत फेला, श्रीमान् फरार

Author Image
बिहिवार, असार ३१, २०७८

झापा- झापाको गौरादह नगरपालिका वडा न १ गेउरियामा एक महिला मृतावस्थामा फेला परेकी छन् । गेउरिया चोक नजिकै अन्दाजी ३९ बर्षिय सङ्गीता टुडु मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकका इन्स्पेक्टर अनिल माबोहाङले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बुधवार बेलुका श्रीमान् श्रीमती बिच झगडा भएको र हाल श्रीमान् फरार रहेकाले श्रीमानले नै सङ्गीताको हत्या गरेको हुनसक्ने माबोहाङले बताए । हाल घटनाको विषयमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर