Aamsanchar

टीकापुर : सशस्त्र प्रहरीको निर्माणाधीन सीमा सुरक्षा पोष्टमा आगलागी

Author Image
बिहिवार, असार ३१, २०७८

धनगढी- कैलालीमा सशस्त्र प्रहरीको निर्माणाधीन सीमा सुरक्षा पोष्ट (बिओपी)मा आगलागी भएको छ। जिल्लाको टीकापुर नगरपालिका–८ खक्रौलास्थित निर्माणाधीन बिओपी भवनमा आगलागी भएको हो।

सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमानजिकै सार्ने उद्देश्यले मोहना नदीपारि भवन सो निर्माण भइरहेको थियो। तर, निर्माणको काम अन्तिम चरणमा पुगेको बेला बिहीबार अचानक उक्त भवनमा आगजनी भएको कामदारहरुले बताएका छन्। आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको छ। सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगलागीको कारण खुलेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर